परम्परागत रुपमा नेवार समुदायले मनाउदै आएको गाईजात्रा अर्थात हिम्प्पै यस वर्षपनि अर्घाखाँचीका बिभिन्न ठाउँमा भव्य रुपमा मनाएका छन| नेवार समुदाय भित्र आफ्नो परिवारको मृत्यु भएपछि मुर्त आत्माको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवार प्रति लक्षित गरी दु:ख कष्ठलाई भुलाएर मनोरनजनात्मक शैलीबाट राहातको महशुस गराउन यो जात्रा निकाल्ने गरिन्छ| यसै बिच अर्घाखाँचीको छत्रगन्जमा पनि शोक परिवारका आधा दर्जन जात्रा निकलिएको थियो सो जात्रामा अर्घातोष, केरुङा बल्कोट, भगवती गाविस लगायत गुल्मिका बिभिन्न ठाउँबाट १५०० सय भन्दा बढीको उपस्थितले झनै रौनक्ता छाएको थियो|
No comments:
Post a Comment