Thursday, November 15, 2012

अर्घाखाँचीको खाचिकोटमा भाईटिका तिहार र देउसी भैली

यम पञ्चकको अन्तिम दिन भाइटीका अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायत सबै गाविसहरुमा हर्षोल्लसाका साथ दिदीबहिनीले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनासहित आफ्ना दाजुभाइलाई टीका दिएका छन। भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने यमराजको प्रार्थनास्वरूप धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोस्तुते मन्त्रवाचन तथा पूजा गरेर आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । सदरमुकाम सन्धिखर्क एवम जिल्लाभर - गाउँमा देउसी भैलो खेल्न बालवालिका देखि वृद्धसम्म व्यस्त छन । जिल्लाभरी लक्ष्मी पुजाको दिनबाट शुरु भएको देउसी भैली चर्तुदशीको रातीसम्म खेल्ने चलन छ । विभिन्न राजनीतिक दल, क्लव, महिला समुह, युवाको समुह, विद्यार्थी लगायत विभिन्न समुह गाउँ घरमा देउसी खेलिरहेका छन । तस्बिरमा अर्घाखाँचीको खाचिकोटमा भाईटिका तिहार र देउसी भैली ।

No comments:

Post a Comment