Wednesday, September 19, 2012

अर्घाखाँचीको नुवाकोट पोखेडाँडामा भब्य तीज गीत कार्यक्रम

अर्घाखाँचीको जिल्लाकै केन्द्र बिन्दुको रुपमा रहेको अर्घाखाँचीको नुवाकोट गाबिसको वार्ड न् ६ स्थित पोखेडाँडामा भब्य तीज गीत कार्यक्रम सम्पन्न भ्एको छ। सोही स्थानमा हरेक बर्ष 'हरितालिका तीजको' दिन ठुलो मेला लाग्ने गर्दछ सो अबसरमा जिल्लाका पश्चिम भेग नुवाकोट ,असुरकोट , लगायत ढिकुरा ,खाचिकोट ,वङला, डिभर्ना , सन्धिखर्क ,अर्घा , किमडाडा ,खिल्जी, धारापानी, ढाकाबाङ लगायतका स्थान बाट हजारौको सन्ख्यामा दिदी बहिनीहरु ,बिभिन्न समुहका नाच, साथै उलख्य मात्रामा सो स्थानमा दर्शकहरुको भिडभाड हुने गर्दछ। यसपटक अर्घाखाँचीमा निरन्तर बर्षाका बावजुद पनि हिन्दू नारीहरुको महान चाड हरितालिका तीज हर्षोउल्लासका साथ नाचगान गरी महिलाहरुले आफ्नो बर्ष भरिका बिभित दुखेसो ,गुनासो, सफलता असफलता, हासो, खुशी, सबै जिवनका रङहरुलाई गीतको माध्यमबाट गुन्जायमान बनाएका थिए।

No comments:

Post a Comment