Thursday, October 3, 2013

अर्घाखाँचीमा २२ उम्मेदवार चुनावी मैदानमा

निर्वाचन अधिकृतको कार्यालयमा वागी दुई सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं. १ मा आठदल, क्षेत्र २ मा १२ दल र दुई स्वतन्त्र उम्मेदवारले दर्ता गराएका छन । दर्ता गराएका सबै उम्मेदवार कार्यालयमै उपस्थित भएका थिए । एमाओवादीबाट पुर्वमन्त्री टोपबहादुर रायमाझीले र क्षेत्र १ र विष्णुहरिले २ बाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट १ मा डा. रामबहादुर विसी र २ बाट पुष्पा भुसालले दिईन । एमालेबाट १ मा नरेन्द्र कुमार क्षेत्र र २ बाट डा. दुमन थापाले उम्मेदवारी दिए । राजमोबाट १ मा सन्तबहादुर नेपाली र २ बाट शेरबहादुर विसीले दिए । २०६४ को चुनावमा रायमाझी र पुष्पाले जितेका थिए । यस पटक पनि क्षेत्र नं.१ मा रायमाझी, विसी र क्षेत्रीबीच र २ मा पुष्पा र थापाबीच कडा प्रतिष्पर्धा हुने संभावना छ । अरु साना दलका उम्मेदवारले पनि दर्ता गराए । यसैबीच क्षेत्र नं. २ मा थापालाई एमाले प्रवेश गरेको सात महिनामै पाटीले उम्मेदवार दिएको असन्तुष्टी जनाउदै एमाले ठाडा गाउँ कमिटीका पुर्व अध्यक्ष नारायण बेल्बासेले वागी उम्मेदवारी दिए । उनले आफनो उम्मेदवारी दुमन थापालाई हराउनु रहेको प्रतिक्रिया दिए । बेल्वासे दक्षिणी क्षेत्रको लोकप्रिय नेता हुन । राप्रपाबाट भोजराज दमासेले वागी उम्मेदवारी दिए । सबै उम्मेदवार जिल्लामा प्रवेश गरेपछि चहलपहल बढदै गएको छ ।

No comments:

Post a Comment