Thursday, July 25, 2013

अर्घाखाँचीको खाचिकोट गाबिसको भुजुङे, दुवार, मर्का खोला, शान्तीनेटा, डिहिडाँडामा भीषण बर्षाले उच्च जोखिम, बिस्थापितको संघारमा

अर्घाखाँची जिल्ल्लाको खाचिकोट गाबिसका कयौ गाउँ केही दिन भएको लगातार बर्षाले जोखिममा परेका छन्। बिगत केही दिन भएको लगातार भीषण बर्षाले गर्दा खाचिकोट गाबिस-२ भुजुङेका करिव ४० घर धुरी बस्ने सिङो भुजुङे गाउँ नै अहिले ठुलोपहिरो र सबै घर चर्किदा उच्च जोखिममा परेको हो। यसैगरी खाचिकोट-४ को दुवारमा रहेको फौद बहादुर खत्रीको घर माथिबाट आएको पहिरोको चपेटामा परेको छ । पहिरोले घर नै पुर्ने अबस्थामा रहेको छ, यसै गरी वार्ड न्-४ दुवारमा नै रहेको बिष्णु के.सीको घर पनि माथिबाट आएको पहिरोले पुरिने अबस्थामा र ठुलो जोखिम रहेको छ । साथै वार्ड-४ मर्का खोलामा रहेको शोब बहादुर मुखिया, सिधी बहादुर मुखिया, तारा बहादुर मुखियाको घर पहिरोको चपेटामा रहेका छन्। यसैगरी खाचिकोट गाबिस वार्ड न्- ८ शान्तीनेटामा रहेको श्री भगवती प्राबि पहिरोको जोखिममा रहेको छ । उता समाचार अनुसार खाचिकोट- ५ मा नारायण के.सी र कृष्ण शाहको घर जोखिममा रहेका छन्।

Thursday, July 18, 2013