बडा दसैंको छैठौ दिन कोजाग्रत पूर्णिमाको अवसरमा अर्घाखाँचीको अर्घामा एकीकृत नेकपा माओवादीको आयोजनामा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त अर्घा सभामा प्रमुख अथिती प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए । यसैगरी कार्यक्रममा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य एवम् शान्ति तथा पुनःनिर्माण एवम् भौतिक योजना मन्त्री टोपबहादुर रायमाझी लगायत एकीकृत नेकपा माओवादीका मगरात तमुवान ब्युरो इन्चार्ज लीलामणि पोखरेल, पूर्व जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल वलदेव, राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य डिलाराम आचार्य, सेती महाकाली इाचार्ज गिरिधारीलाल न्यौपाने हिमकला गैरे ठाकुर बि.क लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा विभिन्न कलाकारहरुले गीत नृत्य तथा हाँस्य व्यंग्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बडा दसैंको छैठौ दिन कोजाग्रत पूर्णिमाको अवसरमा अर्घाखाँचीको अर्घाको रानीगैरामा आमसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली एवम कोषाध्यक्ष मनोज भट्टको प्रमुख उपस्थिती रहेको थियो । यसैगरी अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर थापा अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कमल खनाल अनेरास्ववियु छैठौंका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, राजमोका केन्द्रीय सदस्य सागर के.सी. लगायतले सम्बोधन गरेका थिए । साथै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव थम्मन केसीको संचालनमा सम्पन्न उक्त दसैं पुर्णिमा कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय एवम जिल्ला कलाकारहरुले आफ्ना गीत संगीत प्रस्तुत गरेका थिए।