Tuesday, August 14, 2012

अर्घाखाँचीका युबा बिद्यार्थीहरुको जिल्ला प्रशासन कार्यलय धर्ना

असबैधानिक भट्टराई सरकारको बिरुद्धमा आज अर्घाखाँचीका युबा बिद्यार्थीहरुले जिल्ला प्रशासन कार्यलयको मुल गेमा २ घण्टा धर्ना दिएका छन् । धर्नाका कारण जिल्ला प्रशासनको काम काज ठप्प भएको छ । सेबा ग्राहीहरु मर्कामा परेका छन् । ग्रामीण क्षेत्रबाट राहदानी नागरिकता र सिफारिस लिन आएका मानिसहरुले सास्ती खेपेका छन् । नेपाल तरुण दल युबा सघ नेपाल अखिल नेपाल युबक सघ जनस्वय सेबक नेपाल नेबिसघ अनेरास्पवियु अखिल छैटौ र अखिल क्रान्तीकारी लगायतका युबा बिद्याथीहरुको सयुक्त आयोजनामा २ घण्टा धर्ना दिएका हुन । धर्ना पछिको कोण सभामा नेपाल तरुण दलका जिल्ला अधयक्ष पिताम्बर खनाल युबा सघ नेपालका झबिन सुनाम जन स्वय सेबक नेपालका दिपेन्द्र चौहान नेबिसघका युबराज पाण्डे लगायतले बाबुराम भराइले तत्काल सरकार नछाडे कडा भन्दा कडा आन्दोलन गरेर सरकारबाट बाहिर निकाल्ने चेताबनी दिए ।

No comments:

Post a Comment