Friday, August 31, 2012

Thursday, August 30, 2012

Monday, August 27, 2012

सामाजिक रुपान्तरणमा युवा अभियानको सचेतना मुलक नारा लिएर लुम्बिनी अञ्चलको यात्रामा निस्केको यात्राटोली अर्घाखाँचीमा

अर्घाखाँची "सामाजिक रुपान्तरणमा युवा अभियान" को सचेतना मुलक नारा लिएर लुम्बिनी अञ्चलको यात्रामा निस्केको यात्राटोलीलाई अर्घाखाँचीमा अर्घाखाँची डटकमले भब्य स्वागत गरेको छ। अर्घाखाँची डटकमका प्रमुख श्री मेहर सिंह के. सीले सो टोलीलाई सन्धिखर्कमा रातो टिका लगाएर र खादा ओडायर स्वागत गर्नुभएको थियो। सो युबा सन्जालले गरेको सो,चेतना मुलक र परिब्रतनगामी यात्राको मुक्त कन्ठले प्रसशा गर्नु भ्एको थियो। प्रमुख के. सीले सो भम्रण टोलिको यात्राको सफलताको लागि कामना ब्यक्त गर्नु भ्एको थियो। लुम्बिनी अञ्चलका सबै जिल्लामा गत बिहीवारदेखी रुपन्देही को बुटवलबाट सुरु गरेको यात्रा सन्धिखर्कमा आएको हो । अहिले नगरे कहिले?हामीले नगरे कसले? भन्दै निस्केको टोली रुपन्देहीको मुर्गिया,कपिलवस्तुको चार नम्बर तथा अर्घाखाँचीको ठाडा दह,नरपानी , फुदवाङ बजार अर्घाखाँचीमा बिशेष कार्यक्रम गर्दै टोली सन्धिखर्कमा आइपुगेको हो । १ हप्ते सचेतनामूलक यात्रा गरेको टोलीलाई मुर्गियाको रेडियो मलमलाबाट बिदाइ गरिएको थियो । टोलीमा अर्घाखाँची डट्कमको तर्फबाट उमाकान्त पाण्डे गाउंलेले साथ दिएका छन । साथै टोलीले सन्धिखर्कमा एक कार्यक्रम गरी "शिक्षामा खोज" नामक डकुमेण्ट्री फिल्म प्रदशन गरेको छ।

Saturday, August 25, 2012

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आसपासमा तीजको लहर

अहिले गाउँघरमा तीजको चहलपहल सुरु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आसपासमा तीजको लहर निकै बढेको छ । प्राय सधैंजसो यहाँका गाउँगाउमा स्थानीय एकै ठाउँमा जम्मा भएर यसैगरी तीजका भाकामा रमाउने गर्दछन। अर्घाखाँचीका सम्पूर्ण गाविसमा अहिले यसै गरि रमाइलो सग तीज मनाउन लागेको देख्न सकिन्छ भनेर साउथ एसियाको नेपाल-अर्घाखाँचीमा रहेका अर्घाखाँची डट्कमका विदेश प्रमुख उमाकान्त पाण्डे गाउंले ले ईमेल मार्फत तस्बिरमा जानकारी गराएका छन।